बिपि स्मृति दिवसमा सरसफाइ कार्यक्रम 

2126
views

अजय पौडेल,नवलपुर साउन–७ , नेपाली काङ्ग्रेस गैंडाकोट वडा नं ४ को आयोजनामा ३६ औँ बिपि स्मृति दिवसको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं ४ को झपर्दी हुँदै रानितालसम्म सरसफाइ गरिएको हो । कार्यक्रम नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष ओम प्रसाद सापकोटा रहनुभएको थियो ।त्यसैगरी विशिष्ट अतिथिमा नगर सभापति तारापती खरेल हुनुहुन्थ्यो भने नेपाली काङ्ग्रेस जिल्ला सदस्य कमलप्रसाद पराजुली ,कमला तिवारी ,संगिता घिमिरे , शान्ति न्यौपाने,वडा नं ४ का वडा अध्यक्ष कृष्ण न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वडा न ४ का नेपाली काङ्ग्रेसका सभापति दामोदर तिवारीले गर्नुभएको थियो ।