अध्यक्ष दाहालले पुराना नेताहरुलाई भनेः ’शक्तिशाली कम्युनिष्ट पार्टीमा आउनुहोस’

763
views

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागि हुन पुराना कम्युनिस्ट नेताहरुलाई आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा कीर्तिपुरमा भएको कार्यक्रममा पुराना नेतालाई कम्युनिष्ट पार्टीमा सहभागी हुन आग्रह गरेका हुन् ।

कम्युनिष्ट पार्टीको एकता पुष्पलालको सपना भएको भन्दै अध्यक्ष दाहालले एकतालाई थप उचाईमा पु¥याउनु पर्नेमा जोड समेत दिए । पुष्पलाल सिद्धान्त, संगठक र कुशल नेतृत्व क्षमता भएको व्यक्ति भएको भन्दै अध्यक्ष दाहालले पार्टीलाई पुष्पलालकै आदर्श र सिद्धान्तबाट अगाडि बढाउन सकिने पनि बताए । पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।