काठमाडौं, १२ साउन । प्रहरीले कल बाइपास गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– ८ झुलेनीपुरस्थित भानुभक्त न्यौपानेका छोरा रामप्रसाद न्यौपानेलाई कल बाइपास गर्ने सामानसहित पक्राउ गरेकोे प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यौपानेका बावुछोरालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान गर्ने तयारी भैरहेको छ ।
अवैध कल बाइपास गर्ने बिरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०६ स्थानहरूमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३४ गरी १६४ जनालाई पक्राउ गरिएको छ ।
हालसम्मका कल बाइपास गर्ने र पक्राउ परेकाहरूबिरुद्ध रु ११ अर्ब ९१ करोड ११ लाख ६ हजार १ सय ६३ रुपियाँ ६५ रुपियाँ बिगो मागदाबी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।