म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल र युभेन्टस् विजयी

692
views

काठमाडौं । ईन्टरनेसनल च्याम्पियन्स कप फुटबलका खेलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल र युभेन्टस् विजयी भएका छन् ।

अमेरिकामा आज बिहान भएको खेलमा इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३–२ ले हरायो ।

खेलमा कुनै समय २-० ले पछि परेको सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भाले दुई तथा रियाद माहारेजले एक गोल गरे । अर्को इङ्लिस क्लब चेल्सीले ईटालीको ईन्टर मिलानलाई टाई ब्रेकरमा ५–४ ले पराजित र्गयो ।

यसैगरी लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ४–१ ले हराउँदा आर्सनलले फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी माथि ५–१ को जित निकाल्यो ।

हालै जर्मनीको राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका मेसुत ओजिलले कप्तानी गरेको आर्सनलले शानदार जित निकालेको हो । च्याम्पियन्स कपकै अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको बेनिफिकालाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित र्गयो ।

युरोपमा व्यावसायिक लिग सुरु हुनुअघि शीर्ष क्लबहरु प्रि सिजनको मैत्रीपूर्ण प्रतियोगिता ईन्टरनेसनल च्याम्पियन्स कपमा व्यस्त भएका हुन् । च्याम्पियन्स कपमा इङ्ल्यान्ड, स्पेन, जर्मनी, ईटाली, फ्रान्स र पोर्चुगलका कुल १८ टिम सहभागी छन् ।