माइक्रोबस र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु, १५ घाइते

736
views

दमौली, साउन–१४ पृथ्वीराजमार्ग अन्तरगत तनहुँको छिर्कनेमा सोमबार बिहान माइक्रोबस र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर घर भएकी १९ वर्षीया सविना राई रहेको प्रहरीले जनाएको छ ।

उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा १५ जना यात्रु घाइते छन्। घाइते मध्ये ४ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा २ ख १८३८ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनर आपसमा ठोक्किएका थिए। माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् भने कन्टेनर चालक भने अहिले फरार छन्।