दुईकरोड लगानीको आयोजना गुणस्तरहिन बनेपछि ठेकेदारको धरौटी जफत

1411
views

महेन्द्र जिसी
पर्वत । दुई करोड लागतमा निर्माण भएको पर्वत ज्ञादी सिचाई आयोजनाको नहर निर्माण गुणस्तरहिन भएपछि सम्बन्धित कम्पनीलाई सकस भएको छ । निर्माणाधिन नहर भत्किएपछि ठेकेदारको धरौटी जफत हुने भएको छ । चालु वर्षमा निर्माण गरिएको ज्ञादी सिंचाई आयोजनाको काम गुणस्तरहिन धरौटी जफत हुने भएको हो ।

भरतपुर ईन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले स्थानीय ठेकेदार आनन्द अधिकारीलाई जिम्मा लगाएको एक करोड ३६ लाख बराबरको काम गुणस्तरीय नभएपछि ठाउँठाउबाट भत्किनुको साथै नहर निर्माणमा कुनै ठाउँमा सेन्टि र कुनै ठाउँमा ६ सेन्टि मात्र निर्माण गरिएको थियो ।

कार्यालयका ईन्जिनिय सचिन श्रेष्ठले ठकेदारलाई थप एक वर्षको समय उपलब्ध गराएर सोही बजेटमा नहर मर्मत गराईने बताए । ठेकेदारले काम गर्न नमानेमा धरौटी वापतको रकमले नहर मर्मत गरिने समेत श्रेष्ठले जानकारी दिए ।

२०३३ सालमा निर्मित नहरको चालु वर्षमा १३ किलो मिटर मर्मत गरिएको काम गुणस्तर नभएपछि दुईसय रोपनी खेतमा रोपाईको समस्या भएको थियो ।

निर्माणको काम गुणस्तरहिन भएपछि स्थानीयले छानविन गरिनुपर्ने भन्दै आवेदन दिएका थिए । आवेदन पछि ठेकेदार र निर्माण कम्पनीको रोहवरमा धरौटी रकम मार्फत नहर मर्मत गर्ने भएको हो ।

नहर मुहान भन्दा क्यानलमा साँघुरो र कमजोर बनाएपछि नगर भत्कीन पुगेको भन्दै ठेकेदार बोलाएर नहर मर्मतगराईने कार्यालयले जनाएको छ ।