दलहरुभित्र महिला नेतृतवको अवस्था विषयक गोष्ठी

853
views

काठमाडौँ  । महिला उत्थान केन्द्रद्वारा आयोजित राजनीतिक दलभित्र महिला नेतृत्व वर्गहरुको अवस्था र भावी रणनीति विषयक २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाल सम्पूर्ण दलहरुभित्र भएका महिला नेतृतवहरुको अवस्था र भावी रणनीतिका बारे स्पष्ट पार्दै महिला र पुरुषको समान अधिकार हुनुपर्ने बताए ।

गोष्ठीमा राष्ट्रिय सभाका सांसद धना खतिवडाले महिलाहरु अधिकारका निमित्त हरेक तह र तप्काबाट नेतृत्व तहमा आउनुपर्ने अवस्था रहेको बताईन् ।

गोष्ठीमा प्रशिक्षक डा. विन्दा पोखरेल, प्रदेश सभा सदस्यहरु रजनी अमात्य, जीवन डंगोल नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री बल्देव तिमल्सिना, नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सिर्जना अधिकारी, प्रदेश नं. ३ स्तरीय नेपाल महिला संघ जिल्लाका सभापतिहरुको सहभागिता रहेको थियो ।

यस्तै गोष्ठीमा नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरु, कांग्रेस महासमिति सदस्यहरु, कांग्रेस महाधिवेशन प्रतिनिधिहरु, महिला नेतृ गिता नेपाल, अनेमसंघ क्रान्तिकारीकी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष अम्बिका नेपाल, अनेमसंघ क्रान्तिकारीकी सिन्धुपाल्चोक जिल्लाकी अमृता नेपाल लगायतको सहभागिता रहेको थियो । गोष्ठीको सञ्चालन लता घिमिरेले गरेकी हुन् ।