देउवाको कारण संवैधानिक परिषद्को बैठक स्थगित

1310
views

काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका सभापति एवम् परिषद्का सदस्य देउवाका कारण संबैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक देउवा उपचारका लागि आजै सिंगापुर जाने कार्यक्रम रहेकोले स्थगित भएका स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषद्को बैठक अर्को मितिसमेत तय नगरी स्थगित भएको हो ।