इङ्गलिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

615
views

काठमाडौं । गएराती भएको इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । हडर्सफिल्ड टाउनलाई ३–० ले हराउँदै चेल्सीले नयाँ सिजनको प्रिमियरसिपमा शानदार सुरुवात गरेको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्टे, जर्जीनो र पेड्रोले एक एक गोल गरे । जितसँगै नयाँ प्रशिक्षक मउरिजियो सारीले पहिलो प्रतिस्पर्धात्मक खेलमै सफलता हात पारेका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरसँग २–१ ले न्युकासल युनाईटेड पराजित भयो । प्रिमियर लिग फसटबलका अन्य खेलहरुमा वर्नमाउथसँग कार्डीफ सिटी २–० ले हार्यो ।

यसैगरी वाट्फोर्डले ब्राईटनमाथि २–० को जित निकालेको छ । यसै सिजनमा प्रिमियर डिभिजनका उक्लिएको वुल्भरह्याम्पटन वान्डरर्सले भने गएराती एभर्टनसँग २–२ गोलको बराबरी खेलेको छ ।