कुकर बम विष्फोटनको आशङ्कामा ९ जना पक्राउ

847
views

विराटनगर, साउन-२७ विराटनगर महानगरपालिका प्रमुखको कक्षको अगाडी अाइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो।
बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो। बम विष्फोटनबाट कुनै मानवीय क्षति भने भएको छैन्।