विमिस्टेकमा विदेशी आउँदा खाल्डाखुल्डी र हिलो देख्छन् कि ?

961
views

काठमाडौं, २८ साउन । प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले विमिस्टेकमा सहभागी हुन आउने विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधीहरुले सडकमा खाल्डाखुल्डी तथा हिलो देखेभने इज्जतजाने मान्यतालाई आत्मसात गर्दै सरकारले रातारात यस्ता वेथिती हटाउने बताए ।

थापाले काठमाडौका सडकहरुमा भएका खाल्डाखुल्डी पुर्न तर्फ सरकारले चासो व्यक्त नगरेकोमा व्यङ्ग्य प्रहार गर्दै यस्तो बताएका हुन् । उनले विदेशी पाहुनाहरुलाई काठमाडौंका एउटै होटलमा नराखी फरक फरक होटलमा राख्न पनि सरकार समक्ष आग्रह गरे ।

विमिस्टेक बैठक आउँदो भाद्र १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ । ६ राष्ट्रका प्रमुखहरुले उक्त बैठकमा सहभागिता जनाउँदै छन् ।