राष्ट्रपतिद्वारा बकर इद (इदुल जोहा) को शुभकामना

718
views

काठमाडौं – बकर इद (इदुल जोहा) को पूर्व सन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् ।

राष्ट्रपतिले मुलुकभित्र रहेको सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको जनाएकी छिन् ।

विविध धार्मिक तथा सांस्कृतिक मान्यताले नेपाल धनी देश रहेको जनाउँदै राष्ट्रपतिद्वारा जारी सन्देशमा भनेकी छिन्– ‘बकर–इद (इदुल जोहा) पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् ।’

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिसहित विभिन्न राजनीतिक दलका नेताहरूले छुट्टाछुट्टै सन्देश जारी गर्दै मुलुकमा शान्ति, स्थायीत्व र भाइचार स्थापनाका लागि बकर–इद (इदुल जोहा)ले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।