बिमस्टेकमा भारतसँग २ सम्झौता हुने

2358
views

काठमाडौं, ८, भदौ । भदौ १४ र १५ मा हुने विमेस्टेकको चौथो शिखर सम्मेलनमा भारतसँग दुईवटा सम्झौता हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा रेल लाइन र ‘बल्क कार्गो’ सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै मोदी आउँदा भारतीय सहयोगमा निर्माण भएको पशुपतिस्थित धर्मशालाको पनि उघ्घाटन र र हस्तान्तरण हुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जनाए ।

सरकारले श्रीलंकासँग पनि केही सम्झौता गर्ने तयारी गरेको छ । ‘नेपाल–श्रीलंका थिङक ट्यांक’ गठनका सम्बन्धमा श्रीलंकासँग सहमति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।