कञ्चनपुर तनावग्रस्त, अस्पतालको शव उठाएर जिल्ला प्रशासनमा

779
views

कञ्चनपुर । शुक्रबार दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोरले ज्यान गुमाएका छन् । नगरपालिका क्षेत्रमै प्रहरीको गोली लागेर स्थानीय १७ बर्षीय सन्नी खुनारको ज्यान गएको छ ।

खुनारको पेटमा गोली लागेर अस्पताल लगिएपछि ज्यान गएको हो । गोली लागि मृत्यु भएका खुनारको शव उठाएर जिल्ला प्रशासन कार्यालय अगाडि राखिदिएका छन् ।

बिहीबार भएको प्रदर्शन हिंश्रक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए । त्यसपछि सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा काठमाडौँबाट पठाएको थियो ।

काठमाडौँबाट प्रजिअका रुपमा तारानाथ अधिकारी र एसपीका रुपमा कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट ति किशोर मारिए ।

खुनारको मृत्युपछि प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर, ट्राफिक र नगरपालिकामा समेत तोडफोड गरेका छन् ।