बिमस्टेक नेपालका लागि विशेष उपयोगी- प्रम ओली

787
views

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १४ र १५ गते नेपालमा हुन लागेको (बिमस्टेक) सम्मेलनबारे संसदलाई जानकारी गराएका छन् ।

आज प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दै ओलीले नयाँ सरकार गठनपश्चात थालेको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि (बिमस्टेक) बारे जानकारी गराएक हुन् ।

संसदलाई संबोधन गर्दै ओलीले आसन्न बिमिस्टेक सम्मेलन बिमस्टेकलाई सफल बनाउन, वातावरण क्षेत्रका समस्या परिवर्तनका चुनौती सामना गर्न तथा दिगो विकासका चुनौती सामना गर्ने जस्ता विषयमा केन्द्रित हुने बताए ।

बिमस्टेकका १६ विभिन्न क्षेत्रमध्ये नेपालले नेतृत्व गरिरहेको गरिबी निवारणको क्षेत्रलाई प्रभावकारी र सफल बनाउन जनता जनताबीचको संबन्ध सृजना गर्न सम्मेलन लाभदायी हुने जानकारी उनले गराए ।

नेपालको विकासका लागि आवश्यक विभिन्न विषयमा भारत, श्रीलंका, बंगलादेशलगायत सबै देशका नेतृत्वसँग द्वीपक्षीय छलफल र सहमती हुने जानकारी उनले गराए ।

ओलीले बिमस्टेकलाई औपचारिक संगठनका रुपमामात्र भन्दापनि क्षेत्रीय पारस्परिक र प्रभावकारी संगठनका रुपमा लैजान आफूहरु अग्रसर रहेको औल्याए ।