९० घण्टा २ मिनेट भाषण गरेर गिनिज वर्ल्ड रेर्कड कायम

938
views

काठमाडौ । नुवाकोटका अनन्तराम केसीले विश्वकिर्तिमान कायम गरेका छन् । उनले लगातार ९० घण्टा २ मिनेट भाषण गरेर गिनिज वर्ल्ड रेर्कड कायम गरेका छन् ।

यसअघि भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट लामो भाषणको अभिलेख रहेकामा उक्त रेकर्ड केसीले तोडेका हुन ।

काठमाडौँको गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा भदौ ११ गते सोमबार बिहान ६ः१५ बजेदेखि भाषण सुरू गरेका केसीले भदौ १४ गते बिहीबार राति १२ बजेसम्म लगातार ९० घण्टा भाषण गरेका थिए ।

विश्व कीर्तिमान कायम गरेको अभियानका सहयोगी साकुरा नेपाल कन्सलटेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले दैनिकीलाई जानकारी दिए ।