बर्खिलापमा काँग्रेस, संघको आन्दोलनलाई समर्थन

712
views

काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसले चिकित्सकहरुको आन्दोलनलाई समर्थन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताए ।

चिकित्सकहरुले उपचार सेवा नै ठप्प पार्दै आएका बेला पार्टीको समर्थन रहेको बताउँदै देउवाले सरकार असफल भएको प्रतिक्रिया दिएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्नेमा जोड दिए ।

देउवाले सरकारका पछिल्ला कामकारबाहीप्रति असन्तुष्टी जनाएका छन् । देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।