ओली र दाहालबीच भेटवार्ता, मन्त्री हेरफेरका विषयमा छलफल

723
views

काठमाडौ, २० भदौ । सरकारको कामकारबाहीबारे आलोचना बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्षद्वयको भेट मन्त्री हेरफेरको विषय र पार्टीका तल्लो तह एकीकरण का विषयमा दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रचण्डले मंगलबार पत्रकारहरूसँग सरकार र मन्त्रीहरूका विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा सुरु भएको बताएका थिए ।

उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताएका थिए ।