आज नेपाल र भुटान भिड्दै

644
views

ढाका, २१, भदौ । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग भिड्दै छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ले हारेको नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न आजको खेलमा भुटानलाई जित्नै पर्ने दबाब छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध जितको विकल्प नभएको बताए ।

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ र त्यही अनुसारको नतिजा निकाल्ने रणनीतिमा रहेको छ ।