बाढीले पाँचकरोडको क्षति

687
views

कमल खत्री २८, बेनी (म्याग्दी) । बुधवार कालीगण्डकीमा आएको बाढीले म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्काएको छ ।

रघुगंगा र कालीगण्डकीमा आएको बाढीका कारण नदीमा पानीको सतह बढेपछि उद्योग वाणिज्य संघको भवन तलदेखि म्याग्दी जेसिज भवन सम्ममा निर्माण गरिएको डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल भत्क्याएको हो ।

गत आर्थिक वर्षमा निर्माण गरिएको पर्खाल भत्कीदा करिव पाँचकरोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आर्थिक वर्ष ०७५र०७६ मा निर्माण सक्ने गरि ५३ करोडको बजेट प्रस्ताव गरिएको थियो ।