दोषीलाई कडा कार्वाही हुन्छ–कानूनमन्त्री ढकाल

1306
views

काठमाडौं । कानुन मन्त्री भानुभक्त ढकालले अपराधीलाई कडा कार्वाही हुने बताएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले कडाभन्दा कडा कारबाही हुने बताएका हुन् ।

कांग्रेसले १० मिनेट संसद अवरुद्ध गरेको थियो । कांग्रेसले रोल्पामा तरुण दलका नेताका हत्यारालाई पक्राउ गर्न नसक्नु, निर्मला पन्त हत्या प्रकरणका दोषी माथि कारबाही हुन नसकेको लगायतका विषयमा सरकारसँग जवाफ माग गरेका थिए ।