किन जाँदैछन ज्ञानेन्द्र शाह थाइल्याण्ड ?

702
views

काठमाडौं २९ भदौ । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहको विदेश वा स्वदेश भ्रमण राजनीतिक तवरको भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज फेरि थाइल्याण्ड जाने भएका छन् । स्रोतका अनुसार उनको यो भ्रमण पनि राजनीतिक रहेको बताइएको छ ।

शाह थाइल्याण्डबाट श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।

हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् । स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।