हेड्स नेपालको अध्यक्षमा–ईश्वर चन्द्र बानियाँ

1075
views

कामाडौँ, ३१ भदौ । ‘दिलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मूल नाराका साथ हेड्स नेपालको नवौँ महाधिवेशन तथा २५ औँ साधारण सभा काठमाडौँमा सकिएको छ । महाधिवेशनले आगामी २ वर्षको लागि सँस्थाको अध्यक्षमा इश्वर चन्द्र बानियाँ र उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई निवार्चित गरेको छ ।

त्यस्तै उपाध्यक्षहरुमा पुष्पराज पौडेल, चन्द्रमान श्रेष्ठ, महेन्द्र बानियाँ, राम बहादुर श्रेष्ठ, दुर्गा मानन्धर र तिलक प्रसाद लुँइटेल हुनुहुन्छ । रामकृष्ण धरेल महासचिवमा, कोषाध्यक्षमा कमला अंगाई, प्रथम सचिवमा करुणा श्रेष्ठ र द्धितीय सचिवमा गीता पनेरु र सहसचिवमा खगेश्वर अधिकारी निवार्चित हुनुभएको हेड्सका संस्थापक सदस्य प्रतापराज वन्तले जानकारी दिए ।

नेपालका ६५ भन्दा अधिक जिल्लाहरु र अमेरिका, जापान तथा अष्टेलिया लगायतका देशहरुमा सँगठन निर्माण गरेको हेड्स नेपालले कृषि उत्पादनमा जोड दिँदै गोरखाको बगुवामा श्रोत केन्द्र स्थापना गरी विरुवा उत्पादन, फलफूल उत्पादन र मत्स्यपालन जस्ता गतिवधि सञ्चालन गरेको । रक्तदान शिविर आयोजना, स्वास्थ्य उपचार क्याम्प सेवा, शैक्षिक छात्रबृति यसका लोकप्रिय गतिविधिहरु रहीआएका छन् ।