राष्ट्रियसभामा चार विधेयक प्रस्तुत

877
views

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयकहरु प्रस्तुत गरिएको छ ।

राष्ट्रिय सभामा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन् । विध्ययेक उपर छलफल हुनेछ ।