नवलपरासीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

712
views

शोभा जिसी
नवलपरासी, १ असोज । नवलपरासीमा सोमबार भएको छुट्टाछुट्टै घटनाहरुमा परी तीन जनाको मृत्यु भएको छ । नवलपरासीमा सोमबार दुध बोक्ने ट्याक्करको ठक्करबाट एक जना मोटरसाइलक चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकाट नगरपालिका ८ मा पूर्वबाट पश्चिमतर्फ आउंदै गरेको ना १ क ८३६९ नम्बरको दुध बोक्ने ट्यांकरको ठक्करबाट लु २३ प ८८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गैडाकोट १२ बस्ने ४८ बर्षीय चिन्तामणि थनेतको मृत्यु भएको हो ।

उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो । ट्यांकर चालक र ट्यांकर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा करेन्ट लागेर एक जना बोटेको मृत्यु भएको छ ।

देवचुली नगरपालिका १३ मा रहेको बोटेटोल बस्ने ३६ बर्षका बुद्धराम बोटेको चिसो हातले टिभी जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार विहान करेन्ट लागि घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट दलदलले जनाएको छ ।

त्यसैगरी ३ दिनदेखि वेपत्ता पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ बस्ने ४० बर्षीय धवेन्द्रप्रसाद गुप्ता नारायणी नदी किनारमा मृत अवस्थामा फेला परेको छ ।

गत २९ भदौ देखि हराइ रहेका गुप्ता सोमबार विहान साढे ११ बजेत मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।