प्रविधिको विकाससँगै महसुल भुक्तानीले सेवाग्राहिलाई सहज

1012
views

प्रकाश सापकोटा नवलपुर, २ असोज  पहिले पहिले खानेपानी र विद्युत महसुल बुझाउनका लागि लाईन बस्नुपर्ने र पालो पर्खिनुपर्ने समस्या खेपिरहेका सेवा ग्राहिहरु प्रविधिको विकास सगै जीवन शैलि पनि प्रविधिमैत्री हुदै गैरहेको छ । अनलाईन मार्फत महसुल बुझाउन सकिने भएपछि सहज महसुस गर्न थालेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा संचालित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अनलाईन मार्फत महसुल भुक्तानी गर्न सकिने ब्यबस्था मिलाएपछि सेवाग्राहिरु खुसी देखिएका छन् ।

खानेपानीकै विल तिर्नका लागि रिक्सा चढेर आउनुपथ्र्यो लाईनमा बस्नुपथ्र्यो अहिले अनलाईनबाट भुक्तानी गर्न मिल्ने भएपछि घरबाटै महसुल तिरिरहेकी छु खानेपानी संस्थाकी उपभोक्ता बर्दघाट ४ बाढिपिडितकी खगिसरा भण्डारीले बताउनुभयो । एकातिर समयको बचत अर्कोतर्फ रिक्सामा जांदा हुने खर्चको बचत प्रविधिले आफुलाई निकै सजिलो भएको भण्डारीको भनाई छ ।

संस्थाले ईसेवा मार्फत भुक्तानी गर्ने ब्यबस्था मिलाएको ३ महिना मात्रै भएपनि अधिकांस उपभोक्ताले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको संस्थाका ब्यबस्थापक विष्णु भुसालले बताउनुभयो । पहिले उपभोक्ताहरु लाईनमा बसेर महसुल भुक्तानी गर्दा कर्मचारीहरुलाई पनि कामको निकै चाप हुने गरेकोमा अहिले कर्मचारीहरुका लागि पनि सहज भएको भुसालको भनाई छ । कतिपय उपभोक्ताहरु कार्यालयमानै आएर अनलाईन भुक्तानीको बारेमा बुझ्ने समेत गरेका छन् ।

खानेपानीमा मात्र होईन टाढा टाढा बाट आएर घण्टौं सम्म लाईन बसेर महसुल बुझाउनुपर्ने नेपाल विद्युत प्राधिकरण प्रशाखा बर्दघाटमा पनि महसु्ल बुझाउनका लागि आउने ग्राहको संख्यामा कमि आएको छ ।

अनलाईन मार्फत भुक्तानी गर्न सकिने भएपछि पहिलेको तुलनामा दैनिक १ सय ५० देखि २ सय ग्राहकहरु कम हुने गरेको प्रशाखाका सिनियर मिटर रिडर बाबुराम जी.सी ले बताउनुभयो । पहिला ग्राहकहरुको भिड बढि हुदा समयमा सबैको महसुल काटेन गाह्रो हुने र ग्राहकहरु रिसाउने समेत गर्ने गरेकोमा अहिले चाप घटेपछि काम गर्न सहज भएको जिसीले बताउनुभयो ।

विद्युतको महसु्ल बुझाउनका लागि करिव १ सय ५० रुपैया खर्च गरेर बर्दघाट आउनुपर्ने बाध्यता रहेकोमा अनलाईनबाट महसुल बुझाउन मिल्ने भएपछि सहज भएको सुनवल नगरपालिका ११ जर्गाहाका रामलाल न्यौपानेले बताउनुभयो । जर्गाहा बाट रिक्सामा भुमहि बजार आउनुपर्ने अनी गाडि चढेर बर्दघाट जानुपर्ने बाध्यता थियो ३० रुपैया विद्युतको महसुल बुझाउन दुई तिन सय खर्च हुने र लाईन बस्दा पुरै दिन खर्चिनुपथ्र्यो तर अहिले सहज भएको छ न्यौपानेले भन्नुभयो ।

हिजोआज यात्रामा निस्कने यात्रु्हरु पनि टिकेट काउण्टर धारए टिकट काट्न छोडिसकेका छन् । अधिकांसले अनलाईन मार्फत टिकेट वुकिङ गर्ने गरेका छन् । अनलाईन मार्फत टिकेट बुकिङद गर्दा सिट नपाईने , सिट फरक पर्ने त्यस्तो कुनै समस्या नहुने यात्रु्हरुको भनाई छ । यातायात ब्यबसायीहरु समेत अनलाईन बाट टिकेट बुकिङ हुंदा भाडामा यात्रु संग कुनै बार्गेनिङ नहुने भएकोले सहज भएको बताउछन् ।

अनलाईन महसुल भुक्तानी सुरु भएपछि कार्यालयमा पुग्ने सेवा ग्राहिहरु अनलाईन भुक्तानी सेवा प्रदायक पसल तथा अफिसहरुमा पुग्ने गरेका छन् । अनलाईन महसुल भु्क्तानी सुरु भएपछि सवैभन्दा बढि विद्युतको महसुल बुझाउनेहरु र त्यस संग संगै खानेपानीको महसुल बुझाउन आउनेको संख्यामा बृद्धि भएको बर्दघाट एजुकेशनका संचालक रमेश बस्यालको भनाई छ ।