हार्डवेयर गोदाम मा आगलागी लाखौंको क्षति

1264
views

नवलपुर, असोज– ०५ चितवनको राप्ती नगरपालिका–५, भण्डारामा रहेको एक हार्डवेयर गोदाम मा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

व्यवसायी दुर्गा प्रसाद दुवाडीले बनाएको गोदाम घरमा आगलागी हुँदा हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान र काठहरु जलेर नष्ट भएको छ ।
गोदाम घरमा गएराती करिब १२ बजेको समयमा विद्युत् सर्ट भइ ग्यास पड्किदा सो आगलागी भएको हो । अागाे निभाउन दमकल प्रहरी र स्थानिय ले अागाे नियन्त्रण गरेका थिए ।  आगलागीबाट केही दिन अघि मात्रै गोदाम घरमा ल्याएको ५० बाल्टिन रङ्ग, ट्वाईलेट सेटको सामान, ईनामेल, पिभिसीको फिटिङ पाईपहरु, बाथरूम सम्बन्धि बेसिनको सामानहरु, कम बोर्डहरु, जाली, किचनको भाँडा लगायत थुप्रै हार्डवेयर सामानहरु र घरका काठहरु समेत जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको व्यवसायी दुर्गा प्रसाद दुवाडीले जानकारी दिए ।