गैंडाकोट जेसीजले जेसीज सप्ताह–२०७५ साताव्यापी मनाउदै

1326
views

अजय पौडेल, नवलपुर, असोज ७ गैंडाकोट जेसीजले जेसीज सप्ताह–२०७५ साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

जेसीजले आईतबार फेमली क्याफे गैंडाकोटमा पत्रकार सम्मेलन गरी हरेक वर्ष जस्तै यस वर्ष पनि साताव्यापी कार्यक्रमको आयोजना गरिएको जनाएको छ । साताव्यापी कार्यक्रम अन्र्तगत १३ गतेदेखी १९ गतेसम्म विभिन्न ७ प्रकारका कार्यक्रम गर्न लागिएको गैंडाकोट जेसीजका अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो ।
मौलकालिका मन्दिर परिषरमा सरसफाई, ट्राफिक सचेतना, मूलुकी देवानी संहिता ऐन २०७४ सम्बन्धी प्रशिक्षण, असहाय बालबालिका एवं वृद्धवृद्धालाई १ दिन खाना खुवाउने कार्यक्रम, शैक्षिक सामाग्री वितरण, फलफुल वितरण र समृद्ध गैंडाकोटका लागि जनप्रतिनिधीहरुको भुमिका विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।
गैंडाकोट जेसीजका निवर्तमान अध्यक्ष गणेश शर्मा पौडेलले स्वागत गर्नुभएको सो कार्यक्रममा पुर्व अध्यक्ष परमेश आचार्य, पुर्व अध्यक्ष गोविन्द कंडेल, महासचिव भानु रिमाल, उपाध्यक्ष अनिल पौडेल, रामप्रसाद भुषाल, मदन सापकोटा, कोषाध्यक्ष दया सापकोटा, वागीश्वरी गैंडाकोट सिटि लायन्सका अध्यक्ष मेघराज कंडेल लगायत जेसीजका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो ।
सन् २००७ मा स्थापित गैंडाकोट जेसीजमा ७१ जना सदस्य आवद्ध छन् । जेसीजले गैंडाकोटमा हरेक वर्ष रचनात्मक कार्य गर्दै आईरहेको छ ।