पाटेबाघको संख्यामा वृद्धि

708
views

बर्दिया, असोज–८ सन् २०१३ मा गरिएको बाघ गणनामा निकुञ्जमा वयस्क पाटे बाघको संख्या ५० रहेको थियो । पछिल्लो पटक सन् २०१७, डिसेम्बरमागरिएको बाघ गणनाको नतिजा आइतबार सार्वजनिक गर्दै निकुञ्ज कार्यालयले बर्दिया निकुञ्जमा बयस्क पाटे बाघको संख्या ५० बाट बढेर ८७ पुगेको जनाएको छ ।

सन् २०१७ डिसेम्वर १६ अर्थात पुस १ गतेदेखि बाघ पाइने निकुञ्जहरु बर्दिया, बाँके, चितवन, पर्सा र शुक्लाफाँटामा एकै साथ आधुनिक ‘ क्यामरा ट्यापिङ्ग ’ प्रविधीको प्रयोग गरि बाघ गणना गरिएको थियो । निकुञ्जले उक्त गणनाको नतीजाविश्व बाघ दिवस अर्थात जुलाई २९ मा सार्वजनिकगर्ने भनिएता पनि आइतबार सेप्टेम्बर २७ मा बाघ गणनाको नतिजा सार्वजनिक गरेको छ ।
केही वर्षयता बर्दिया निकुञ्जको सुरक्षा व्यवस्था मजबुत रहनु, संरक्षणमा स्थानीयवासिन्दाको सक्रियता बढ्नु, चोरीशिकार नियन्त्रण हुनु, निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान बन्दै जानु र बाघको आहारा प्रजातीको संख्या पनि वृद्धि हुँदै गएकाले बाघको संख्या बढ्दै गएको निकुञ्जकानिमित्त संरक्षण अधिकृत अशोक भण्डारीले बताए । निकुञ्जको तथ्याङ्कअनुसार सन् २००८ देखि बर्दिया निकुञ्जमा पाटेबाघको संख्याक्रमश बढ्दै गएको देखिन्छ ।
सन् २००८ मायहाँ बाघको संख्या १८ रहेको थियो । सन् २०११ मा बढेर ३७ पुग्यो । यसैगरि सन् २०१३ मा १६ भाले र ३४ पोथी गरी बयस्क पाटे बाघको संख्या ५० पुगेको थियो । हाल यो संख्या बढेर ८७ पुगेको छ । सन् २००० माबर्दिया निकुञ्जमा ४३ वटा बाघ थिए । उक्त समयमा मुलुकमा द्वन्द्वकाल भएकाले सुरक्षा कमजोरीका कारण धरै बाघ तस्करले मारेका थिए । द्धन्द्ध सकिएलगत्तै सुरक्षा व्यवस्था मजबुत पारिएपछि बाघ बढ्ने क्रमजारी छ । राष्ट्रिय बाघ गणना प्रत्येक चार वर्षमा गरीने गरिन्छ ।
निकुञ्जले सार्वजनिक गरेको सन् २०१८ को बाघ गणनाको नजिजाअनुसार बर्दिया, बाँके र पर्सा निकुञ्जमा बाघको संख्या बढेको छ । भने चितवन र शुक्लाफाँटा निकुञ्जमा बाघ घट्दै गएका छन् । तथ्याङ्कअनुसार बर्दियामा बाघको संख्या ५० बाट बढेर ८७, बाँकेमा ४ बाट बढेर २१ र पर्सा निकुञ्जमा७ बाट बढेर १८ पुगेको छ । चितवन निकुञ्जमा १२० बाट घटेर ९३ र शुक्लाफाँटामा १७ बाट घढेर १६ मा झरेको छ ।
सन् २०१३ मागरिएको बाघ गणना अनुसार नेपाल भरमा बाघको संख्या १ सय ९८ रहेकोे थियो । अहिले यो संख्या बढेर २ सय ३५ पुगेको छ । सन् २०१० मा रुसको सेन्ट पिर्टसवर्गमा बाघ पाइने १३ राष्टको सम्मेलनमा नेपालले सन् २०२० सम्ममा बाघको संख्याकम्तीमा २ सय ५० पुर्याउने लक्ष्य राखेको थियो । प्रतिवद्धता गरेयता बाघको संख्या बढ्नुलाई निकै उत्साहपूर्ण मानिएको छ ।
सन् २०१७को डिसेम्बर १६ देखि २०१८ मार्च ११ सम्म क्यामरा ट्रयापिङ्ग प्रबिधीबाट बर्दिया निकुञ्जमा बाघ गणना गरिएको थियो । गणनाका लागि बर्दिया राष्ट्रिय निकुञ्जका ५ सय ७७ स्थानमा स्वचालित क्यामरा जडान गरिएको थियो । गणनामा २५० जनाप्राविधिक सहभागी भएका थिए ।
क्यामेरामा कैदभएका फोटोहरु विश्लेषण गरेर बाघको संख्या पत्ता लगाइन्छ । विश्लेषण गर्दा क्यामेरामा कैद भएका बाघको शरिरको पाटालाई मुख्य आधार मानिन्छ । हरेक बाघको शरिरको पाटा उस्तैउस्तै देखिएपनि ती फरक फरक हुन्छन् । सबै बाघको पाटा अध्ययन गरेर मात्र संख्या यकिन गरिन्छ ।