तनहुँ, २९, असोज । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको भीड बढेपछि सेवा समय विस्तार गरेको छ । कार्यालयले बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन सुरु गरेको हो । यसअघि सेवा बिहान १० देखि साँझ ५ बजेसम्म मात्र दिइँदै आएको थियो ।
जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयमा एक महिनापछि गत आइतबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा पुनः सुरु गरिएको हो । सेवाग्राहीको अत्यधिक भीडका कारण बिहान दुई घण्टा र साँझ एक घण्टा थप गरेर कुल तीन घण्टा समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
“एक महिना सेवा रोकिँदा भीड अत्यधिक बढेकाले समय थप गरेर सहजता ल्याउने प्रयास गरिएको हो,” अधिकारीले भने पहिले पाँच युनिटबाट सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्र सेवा अहिले दुई युनिटमा सीमित भएकाले पनि भीड बढेको हो ।