संघर्षले सम्मानित जीवन

12258
views

सबिता शर्मा
पोखरा । पम्फा देवकोटा अहिले २७ वर्षकी भइन् । देवघाट–२ तनहुँ हो घर । अहिले उनको बसाई पोखरामा छ । महिला भएर संघर्षमा जीउनुपरेको पीडासँगै महेन्द्र बोलेरोको स्टेरिङ घुमाउँदासम्मको उनको कथा आज सफलतामा रुमल्लिएको छ । भन्छिन् ‘८ बर्ष अगाडी लोग्नेले १० लाख रुपैयाँ ऋण मात्र दिएनन्, दिनरातको निकम्मा कुटपीट सहँदै कान्छी श्रीमती लिएर छुट्टै बसेपछि दिप आईसक्रिम कम्पनीको प्रोप्राईटरसँगै हेन्डिल घुमाउने पेशाबाट अहिले पनि थाकेकी छैन् ।’

०६५ सालमा विवाह बन्धनमा बाँधिएकी उनले ०६८ सालमा सन्तानकी आमा बनेसँगै श्रीमानको अपहेलनाको शिकार बनिन् । श्रीमानले लगाएको ऋण पनि आफै तिर्न वाध्य भईन् । उनी भन्छिन् ‘काखे बच्चा र आफ्नो प्राण धान्न आईसक्रिम कम्पनीमा काम गर्नुको अलवा साढे दुईबर्ष देखि आफै गाडी चलाउँछु ।’ कम्पनीमा आवश्यक सामान चाहिँएमा चालकमा उनको भूमिका फेरिन्छ ।

सामान्य परिवारमा जन्मिएको परिवार हुनुको नाताले कुनैपनि ठूला कम्पनीहरुमा जम्नु उनलाई सामान्य विषय थिएन् । आईसक्रिम कम्पनीको कामसँगै चालक बन्दा दिनभर थकान लिएर साँझ घर फर्कनु उनको दैनिकी हो । उनको यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने मात्र नभई आफू आर्थिक रुपमा कसरी सवल बन्ने भन्ने उद्यम हो । ‘उनले गाडी चलाउँदा महिला पुरुष सबैको हौसलासँगै उमङ्ग भेट्छिन् । सबैको सहानुभूतिलाई परिश्रममा बदलेकि छु उनी भन्छिन् ।’ सफल डेरीको अनुभवले आईसक्रिम कम्पनीसम्म सम्बन्ध गाँसिन पुग्यो ।

‘दैनिक पन्ध्र हजार रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘खर्चसँगै बचत र चारजना कामदारलाई रोजगार समेत दिएकी छु । आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेकी छु ।’ उनी थप्छिन् सपनासरी उर्लिदै गएको रहरले बहालदेखि महलसम्म पुग्ने प्रयासबाट थकित छैन् ।’’ उनले आफुलाई सफल महिलाको रुपमा बुझेकी छिन् । माईतिमा सातौं सन्तानकी रुपमा जन्मेकी उनले यसरी सफल हुन्छु भन्ने नलाग्दा नलाग्दै पनि स्नातक तहसम्मको अध्ययन गरेको सुनाईन् । देवकोटाको ७ बर्षिय छोरा २ कक्षाका विद्यार्थी हुन् ।

कमाईमा रमाउने समयमा तनावमा रमाउनुको समय पनि बेग्लै हुँदोरहेछ् भन्ने पाठ सिकेकी पम्फाको काँधमा आर्थिक जोहो गर्ने जिम्मा पनि आईलाग्यो । १० लाख रुपैयाँ ऋणसँगै श्रीमान विदेश जाँदा ५० हजार रुपैयाँ समेत सहयोग गरेकी उनले आईसक्रिम उद्योग सञ्चालन र बोलेरो कुदाउने सहास नगरेको भए मुखमा माड नै नलाग्ने अवस्था आउने दर्दनाक कथा सुनाउँछिन् । उनले आईसक्रिम कम्पनीमा चाहिने कच्चा पदार्थ बजारदेखी कम्पनीसम्म आँफै बोलेरोकोे हेण्डिल घुमाउँदै ल्याउँछिन् ।

श्रीमानले छाडेर भागेपछि माईती फर्कौ कि श्रीमान खोजौं भन्ने अवस्थामा पुगेकी उनले काखमा बच्चा र हातमा स्टेरिङ समाउँदाको सहास सम्झिदै पोखरा महानगरपालिका–२६ मा रहेको दिप आईसक्रिम कम्पनीमा अहिले लाखौं ग्राहकलाई आइसक्रिमका विभिन्न आईटमहरु बेचिरहेकी छिन् ।