दुर्घटनामा ८ जना घाइते

745
views

नवलपरासी, ९ असोज । नवलपरासीको गैडाकोट नगरपालिका १६, सोह्र नम्बर चोकमा गएराति भएको सवारी दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

काठमाडौबाट पाल्पा आउँदै गएको लु २ ख ३९६ नम्बरको बसले गैडाकोटमा रोकिराखेको लु १ ख ६७५४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ८ जना घाइते भएका हुन् ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी नवलपरासीको सुनवल ४ निवासी २१ वर्षीया पवित्रा कुवंर, प्रतापपुर ३ निवासी ५२ वर्षीया राधा चौधरी र पाल्पा निवासी ३५ वर्षीय पदम ब. कुवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।