नवलपुरमा पनि शसस्त्र प्रहरी बल

1217
views

शोभा जिसी । मुलुकको सघिय सरचना अनुसार पुर्वी नवलपरासी जिल्ला नवलपुरमा पनि शसस्त्र प्रहरी वलको बेसक्याम्प स्थापना हुने भएको छ । नवलपुर जिल्लाको सुरक्षा व्यवस्था तथा सुरक्षा परीचालनको जिम्मेवारी बहन गर्ने गरी नवलपुरको कावासोति नगरपालिकामा स्थापना शसस्त्र प्रहरी वलको कार्यालय स्थापना हुने भएको हो । कावासोति नगरपालिकामा शसस्त्र प्रहरी वलको कार्यालय स्थापनाको लागी स्वीकृत भइ आएकोे शशस्त्र प्रहरी नायव उपरीक्षक गुल्मपति क्षितिज क्षेत्रिले जानकारी दिनुभएको छ ।

कावासोति नगरपालिका वडा नम्बर १४ डण्डा स्थीत पुरानो आर्मी क्याम्पमा कार्यालय राख्ने उपयुतm स्थान भएकोले सोही स्थानमा रहन सक्ने सम्भावना रहेको पनि गुल्मपति क्षेत्रिले बताउनुभएको छ ।

हाल गैडाकोट नगरपालिकाको वडा नम्बर १० पितौजि घाट मा रहेको कार्यालय मार्फत कार्य सुचारु रहेको पनि प्रहरी नायव उपरीक्षक क्षेत्रिले जानकारी दिनुभएको छ ।