भियतनामको राष्ट्रपतिमा नुयेन फु ट्रोङको उम्मेदवारी

743
views

काठमाडौं । भियतनाम कम्युनिस्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले आगामी राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । उनले बुधबार उम्मेदवारी दर्ता गरेका छन् ।

भियतनाममा शक्तिशाली नेताका रूपमा चिनिने उनलाई कम्युनिस्ट पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि उम्मेदवारी दर्ता गरेका हुन् ।

कम्युनिस्ट पार्टीले तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिनाअगाडि निधनपछि नुयेनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । ‘नुयेनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,’ पार्टीको आधिकारिक वेबसाइटमा लेखिएको छ ।

लामो राजनीतिक अनुभव बोकेका ७४ वर्षीय नुयेनले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिस्ट पार्टीको विश्वास छ ।