युरोपा लिगमा चेल्सी र आर्सनल विजयी

724
views

काठमाडौं, १९, असोज । युरोपा लिग फुटबलमा इंग्लिश क्लवहरु चेल्सी र आर्सनल विजयी भएका छन् ।
गएराति भएको खेलमा चेल्सीले हंगेरीको मोल भिदी क्लवलाई १–० ले हरायो । चेल्सीका लागि स्पेनिस स्ट्राईकर अल्भारो मोराटाले निर्णायक गोल गरे ।

गएराति भएको अर्को खेलमा इंग्ल्याण्डको आर्सनलले अजरबैजानको एफके काराबागलाई ३–० ले पराजित र्गयो । आर्सनललाई विजयी गराउन सोक्रातिस, स्मिथ रोवे र गुन्डोजीले एक–एक गोल गरे ।

युरोपा लिग फुटबलकै अन्य खेलहरुमा इटलीको एसी मिलानले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हराउँदा जर्मनीको बायर लिभरकुजेनले साईप्रसको लार्नाकालाई ४–२ ले पराजित र्गयो । यसैगरी अर्को जर्मन क्लव आरबी लेप्जिगले नर्वेको रोजेनवर्गलाई ३–१ ले हराउँदा क्रोएसियाको डाईनाको जाग्रेबले बेल्जियमको एन्डरलेच्टलाई २–१ ले पराजित र्गयो ।

गएराति भएका अन्य खेलहरुमा काजखस्तानको एफसी एस्टाना, स्विट्जरल्याण्डको ज्युरिच, रुसको जेनिथ, टर्कीको फेनरबाचे र पोर्चुगलको स्पोर्टिङ पनि विजयी भएका छन् ।