ओली–माधव अन्तरविरोधमा खेल्दै प्रचण्ड

963
views

काठमाडौं, १९, असोज । पछिल्लो समयमा देखिएको सत्ताढ दल नेकपाभित्रको विवाद साम्य पार्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आँफै अग्रसर भएका छन् ।

अध्यक्ष ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेता तथा मन्त्रीहरुसँग आन्तरिक छलफल गरेका छन् ।

पार्टीभित्र चुलिएको अन्र्तविरोधको बारेमा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेपनि सोही पार्टीका अर्का अध्यक्ष प्रचण्डले भने ओलीको तयारीमा साथ नदिने भएका छन् ।

ओली निकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले एकपटक माधव नेपाल आएपछि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए ।

तर कतिपय नेताहरुले सरकारको आलोचना गरेको कुरा गलत ट्रेण्ड बस्यो भन्दै माधव नेपालसँग छलफल नगर्न आग्रह गरेका थिए । यता प्रचण्डले भने सुरुमा अध्यक्षद्धय र नेता नेपालबीच छलफल गर्नुपर्ने सुझाव राखेका थिए ।