दुबईमा सामुहिक टिका ग्रहण

2286
views

दुबई । नेपाली समुदाय यूएईले “राक्षस मैसासुर माथी दुर्गा भवानीको बिजय “अर्थात असत्य माथी सत्यको जीतको प्रतिक मानिने सनातान हिन्दुधर्मावलम्बी नेपालीहरुको महान चाड बडादसैं र बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सामुहिक टिका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

ख्यातिप्राप्त प्रसिद्ध ज्यो.पं. डा. रुद्रनाथ अधिकारीको हातबाट टिका तथा आशिर्बाद ग्रहण गर्ने भनिएकोमा उहाँको बुबाको अचानक स्वर्गारोहण हुन पुगेकोले उपस्थित हुन नसकेपछि मृत आत्माको शान्तिको लागि समबेदना प्रकट गर्दै उपस्थित नेपाली समुदायसँग आबद्द नेपालीहरुलाई कमल दाहालले टिका लगाईदिनुभएको थियो ।

टिका तथा आशिर्बाद ग्रहण गर्दै दुबईको जबिल पार्कमा गरिएको थियो । कार्यवहाक अध्यक्ष अमित सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामूहिक टिका लगाइएको थियो भने उपस्थित समुदाय संग आबद्द नेपालीद्वारा दसंैको एक आपसमा शुभकामना आदान प्रदान गरियो ।

करीब ४० जना बिभिन्न स्थानबाट उपस्थित रहेका नेपालीहरुले खानाका अलग अलग प्रकार, नाच गान,मनोरन्जन गरी सामूहिक टिका ग्रहण सहित उक्त कार्यक्रम समापन गरिएको थियो।’आगामी दिनमा अझै भब्य तरिकाले संपूर्ण नेपालीलाई उपस्थित गराई हर्ष उल्लासका साथ कार्यक्रम गर्ने साथै आपसी भाईचारा, बन्धुत्व कायम रहन मद्दत पुग्ने समेत सापकोटाले बताउनु भयो।