घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

890
views

दोलखा, ९ कार्तिक । दोलखाको गौरिशंकर गाउँपालिका–१२ तासिनाका गोपाल शेर्पाको घरमा आगलागि हुँदा दुईजनाको मृत्यु भएको छ । घरमा आगलागी हुँदा एक बृद्धा र बालकको ज्यान गएको हो ।

शेर्पाकी ८० वर्षकी आमा दालकी शेर्पा र ९ वर्षका छोरा मिङ्मादोर्जे शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख (डीएसपी) बासुदेव पाठकले बताए । घरमा करीब १२ बजेतिर आगलागि भएको थियो ।

घटनामा गोपालका अर्का १५ वर्षीय छोरा फुर्साङ शेर्पा गम्भिर घाइते भएका छन् । स्थानीयका अनुसार गोपाल र उनकी श्रीमती गोठमा सुत्न गएका र घरमा हजुरआमाका साथ नातिहरु सुतेका थिए ।

अगेना नजिकै उनीहरुको ओछ्यान रहेकाले आगोले ओछ्यानमा टिपेर आगलागी भएको हुन सक्ने स्थानीयको आशंका छ ।