३२ हजार कर्मचारी एकैसाथ सडकमा

518
views

काठमाडौं, १५, कार्तिक । सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारी कार्यालय, मन्त्रालयमातहतका ती कर्मचारीहरु सिंहदरबार केन्द्रित भएका हुन् । उनीहरुले बुधबार सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थिए ।

नयाँ संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चारघण्टा धर्ना दिँदै आएका छन् ।

आफूहरुलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, स्थायी प्रक्रियामा पुगेका ज्यालादारी कर्मचारीलाई उचित रकम उपलब्ध गराउनुपर्ने माग उनीहरुले गरेका छन् ।

कर्मचारीहरुले धर्ना दिन थालेपछि सरकारले सिंह दरबारमा धर्नामा रोक लगाउँदै कडा सुरक्षाको व्यवस्था समेत गरेको छ ।