बिद्युतीय कारोवार मुद्दामा फरार केसी पक्राउ

529
views

पर्वत । विद्युतीय कारोवार ऐन अन्र्तगत कसुर गरी फरार रहेका पर्वत मोदी गाउपालिका–५ का ठाकुर वहादुर केसी पक्राउ परेका छन् । साबिकको बाजुङ गाविस–८ का ३८ बर्षिय केसीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।

फरार केसीलाई उनकै घर वतनबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।