कानूनी राज्यको प्रत्याभुत हुन छाडेको वकीलहरुको गुनासो

687
views

महेन्द्र जिसी
कार्तिक, ५ पर्वत । मुलूकमा संघिय सरकार कार्यान्वयमा आएसँगै कानूनी राज्यको प्रत्याभुति हुन छाडेको पर्वतका वकीलहरुले बताएका छन ।देशमा हत्या वलात्कार दण्डहिनताका घटनाले प्रश्रय पाउँदै आएको भन्दै वकीलहरुले कानूनी राज्यको अभाव बढदै गएको बताएका हुन ।

नेपाल डेमोक्रेड लर्यस एसोसीएसनको २९ औ स्थापना दिवस समारोहमा कानून व्यवसायीहरुले न्यायलय समेत प्रभावमा पार्ने प्रयास भईरहेको बताएका छन् । उनिहरुले जगन्य अपराधलाई समेत ढाकछोप गरिनु तथा प्रमाण मेटाउँदा समेत कानूनी दायरामा नआउनु तथा सर्वसाधरणले सडकमा न्याय खोज्नुले लोकतन्त्रको उपहास राज्यबाटै भईरहेको बताए ।

मुलूकका शासक पशासकहरु विलाशितातिर उन्मुख हुनु जनताको करको सदुपयोग नहुनु लगायतले पनि संविधान र कानून कागजमा मात्र सिमित हुन पुगेको उनीहरुको भनाई छ ।

प्रदेश सांसद ललित कला गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उच्च अदालतका अधिबक्ता निरन्जन राज भण्डारी, सागर उपाध्याय, कानून व्यवसायी डा. भुपेन्द्र खडका लगायतले बोलेका थिए ।

कार्यक्रममा पर्वत म्याग्दी तथा वाग्लुङ जिल्लाका वार सदस्य तथा वकीलहरुको सहभागिता थियो । लर्यस एसोसियसन पर्वतका जिल्ला अध्यक्ष विश्वप्रकाश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिबक्ता हरिनारायण रेग्मीले गरेका थिए ।