देउवाले विधान विपरित पार्टी चलाए-नेता सिंह

685
views

रुपन्देही, ५ मंसिर । नेपाली काँग्रेसका पार्टी सभापति शेर वहादुर देउवाले विधान विपरित पार्टी चलाएको सो पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाल प्रेस युनिय बुटबलले आयोजना गरेको पत्रकार भेटमा नेता सिंहले विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको समेत उल्लेख गरे ।

पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको आरोप लगाउँदै भने ‘अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काँग्रेसमा आवश्यक रहेको छ ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाए ।