बर्दियामा बस दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते

767
views

गुलरिया । बर्दियामा बिहीबार बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा १५ जना घाईते भएका छन् । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । ३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।