भाइको हत्या अभियोगमा दाजु पक्राउ

676
views

नुवाकोट, ११, मंसिर । कात्तिक २५ गतेदेखि हराइरहेका नुवाकोट पञ्चकन्या गाउँपालिकाका ३५ वर्षीय लक्ष्मण सिटौला शनिबार वनगाउँको महादेवखोलामा मृत अवस्थामा फेला परे ।

उनको मृत्यु रहष्मय तवरले भएको फेला परेपछि अनुसन्धान शुरु भयो । उनको हत्या अभियोगमा उनकै दाजु बलराम पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिएका छन् ।