दैलेखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

518
views

दैलेख,१२ मंसिर । दैलेखमा बुधबार भएको जीप दुर्घटनामा ४ जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप धामीगाउँ नजिक दुर्घटनामा परेको हो । दुर्घनामा अन्य ४ जना यात्रु घाइते भएका छन् ।

घाईते हुनहरुमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही रहेको दैलेख प्रहरीले जनाएको छ । क्षेत्रीका अनुसार घाइते ४ जना घाइतेको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।