बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको बैठक बुटवलमा सुरु

795
views

बुटबल । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)केन्द्रीय समितिको बैठक बुधबार(आज)बाट बुटवलमा शुरु भएको छ । बुटवल–१२ ढबाहस्थित छन्त्याल भवनमा विहानबाट बैठक सुरु हुँदैछ । बैठक १२ बजेबाट सुरु हुने बताइएको छ ।

बैठकका लागि पर्टी महासचिव मोहन बैद्य‘किरण’सहित स्थायी समिति, पोलिटव्यूरो, केन्द्रीय कमिटिका सदस्यहरु बैठक स्थल पुगिसेका छन् । बैठक मंसिर १८ गतेसम्म चल्ने बताइएको छ ।

बैठकले राष्ट्रियता,जनतन्त्र,जनजीविका लगायतका विषयलाई लिएर संघर्षका योजना तर्जुमा गर्ने बताइएको छ । खासगरी पार्टीले वर्गसंघर्ष र प्रतिरोध संघर्षका योजना निर्माण गर्न लागेको सम्बद्ध स्रोतले जनाएको छ । यसअघि पार्टी पोलिटव्यूरो व्यूरो बैठक बुटवलमा र सल्लाहकार समितिको बैठक नवपरासीको बर्दघाटमा सम्पन्न भएको थियो ।