मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई १२ बुंदे माग

सञ्चार माद्यमको दोहोरो कर हटाऊ

768
views

पोखरा, २३ मंसिर । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ ले विभिन्न १२ बुंदे माग राख्दै मिडियामा लाग्ने दोहोरो तेहोरो कर हटाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै (गण्डकी प्रदेश) का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरूङ्गले क्रान्तिकारी पत्रकार महासंघले राखेको मागहरु जायज भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङ्गले पत्रकारहरूमाथी विभिन्न पक्षबाट भैरहेका भौतिक आक्रमणका घटना नियन्त्रण र पेशागत सुरक्षा कायम गर्न मातहतका निकायहरूलाई निर्देशन दिने समेत बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ प्रदेश समितिको नेतृत्वमा मुख्यमन्त्री सुब्बा निवास पुगेको पत्रकारहरूको एक टोलीले पत्रकारमाथी भैरहेका आक्रमण, पेशागत सुरक्षा र विभिन्न समस्याहरू समेटिएको १२ बुंदे ज्ञापनपत्र समेत बुझाएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ प्रदेशनं ४ को संयोजक गोपाल जिसीले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, सानालगानीका मिडियाको संरक्षणका साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयनका लागि पहल गर्न आग्रह गरे ।

जिसीले मुख्यमन्त्री सुब्बालाई संगठनको ज्ञापन पत्र बुझाउने क्रममा क्रान्तिकारी पत्रकार महासंघका प्रदेश संयोजक गोपाल जिसीले आफ्नो संगठनले अघिसारेका मागहरू पढेर सुनाएका थिए ।

संयोजक जिसिले संगठनले उठाएका माग पुरा नगरे कडा संघर्षमा जाने चेतावनी दिदै भने(‘हाम्रा मागहरू अविलम्ब कार्यान्वयन नगरी आलटाल गरेमा हाम्रो संगठन चरणबद्ध सघर्षको प्रकृयामा जान बाध्य हुने छ । त्यसमा सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

भेटमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नम्बर पाँच र सातका ईन्चार्ज समेत रहेका लोकराज जैसीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बन्दै गएकाले आफ्नो संगठनले पत्रकारीताका क्षेत्रबाट त्यस विषयमा सचेत पार्ने खालका कार्यक्रमहरू देशब्यापी रूपमा चलाउँदै आएको बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुब्बाले सरकारले ल्याएको संहिता ऐनका विषयमा आएका सुझावहरूमाथी छलफल गरिने र प्रदेश स्तरमा समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन तथा साना लगानीका मिडियाको संरक्षणाको लागि पहल गर्ने बताए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, कार्यालय सदस्य लोकराज जैसी र नेकपा क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी कर्णबहादुर पुनको विशेष सहभागिता रहेको थियो ।