वृद्धाआश्रम र सत्संग निर्माणका लागि महायज्ञ

806
views

महेन्द्र जिसी
पर्वत, २३ मंसिर । निर्माणाधिन वृद्धा आश्रम र सत्संग निर्माणका लागि महायज्ञको तयारी भएको छ । कुश्मा वाग्लुङ राजमार्ग नजिकै चिलाउने चौतारमा निर्माण हुन लागेको सतसंग भवन निर्मार्णका लागि यज्ञ लगाईने भएको हो । कुश्मामा रहेको गायत्री आमा समुहले आगामी माघ ७ गते देखी १४ गते सम्म श्रीमत भागवत ज्ञान महायत्र लगाउने तयारी गरेको हो ।

भवन निर्माणका लागि स्थानीयि तहले जग्गा यउपलब्ध गराएको भएपनि आवश्यक बजेको अभावमा निर्माणधिन भवन पुरा गर्न धार्मिक पर्यटकहरुलाई आवासको व्यवस्था गर्न महायज्ञ लगाउन लागिएको समुहका अध्यक्ष विष्णुदेवी खत्रीले जानकारी दिनुभयो ।

समुहले धार्मिक क्षेत्रका पर्यटकहरु होटल तथा रेष्टुरेण्टमा नबस्ने मुक्तिनाथ, गुप्तेश्वर गुफा तथा सहश्रधारा, मोदीवेणी धाम आउने पर्यटहरुलाई राजमार्ग नजिकै आश्रम बनाउन लागेको बताएका हुन । निर्माणधिन दुईतले भवनमा २५ लाख खर्च भईसकेको र ५० लाग अनुमानित खर्च हुने बताउँदै समुहका कोषाध्यक्ष सितादेवी पौडेलले व्यवस्थापनमा लागि झण्डै एक करोडको हाराहारीमा खर्च पुग्ने हुँदा महायज्ञले सघाउ पुग्ने बताउनुभयो ।

कायक्रमका प्रमुख अतिथि विश्वहिन्दु महासंग पर्वत अध्यक्ष लोकनाथ आचर्यले नेपालीहरु भौगोलिक तथा पारमपारीह, सनातन हिन्दु भएका कारण हिन्दुत्वको प्रबर्धन गर्न आवश्यक रहेको हुँदा भएका देव देवालयको विकास र प्रसार प्रचार अबको खाँचो भएको भन्दै महयज्ञ यसैको प्रारुप रहेको बताउनु भयो ।

पण्डीत कमल नयन गौतम द्धारा कथा वाचन हुने महायज्ञमा भुमीदान अन्न दान तथा भवनका कोठा निर्माणमा सहयोग गरीदिनेहरुको नामावली सहित शिलाामा लेखीने आयोजकले जनाएको हो ।