जमाना गो क्यास लेसको, पैसा बोक्ने झण्झट हट्यो

948
views

महेन्द्र जिसी
पर्वत । बजारमा सामान खरीद गर्न पैसा बोकेर हिड्नु पर्छ भन्ने मान्यता ‘गो क्यास लेस’ अबधारणाले हटाएको छ । पैसा चोरी हुने उपभोक्ताले चाहिएको सामान खरीद गर्न नसक्ने जस्ता समस्या ‘गो क्यास लेस’ अबधारणाले हटाएको हो ।

पर्वत जिल्लामा बैंकिङ क्षेत्रको बढदो विकास र नीजि क्षेत्रको बैंकहरु स्थापनाले अब उपभोक्तलाहरुले किनमेलमा समेत पैसा बोक्नुपर्ने झन्झट हटेको हो । नीजि क्षेत्रको रुपमा स्थापित एन.आई.सी.एसिया बैंकका उपभोक्ताहरुलाई बजारमा किनमेल गर्न कार्ड रिडर मेसिनको वितरण गरेको छ ।

‘गो क्यास लेस’ सेवा अन्र्तगत बैंकले बजारमा मुख्य व्यापारीक केन्द्रहरुमा कार्ड रिडर मेसिन वितरण गरेर उपभोक्तहरुले कार्डबाटै भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ । यसले उपभोक्ता र व्यापारीहरुलाई समेत सहज भएको व्यापारीहरुले बताएका छन । पैसा चोरी हुने उपभोक्ताले चाईएको सामान पुरै खरीद गर्न नसक्ने जस्ता समस्या ‘गो क्यास लेस’ अबधारणाले हटाएको व्यावसायि राजकुमार बस्नेतले बताए ।

एन आई सी एशिया पर्वत शाखाले पहीलो पटक जिल्लामा यो सेवा भित्राएपछि सेवा ग्रहीलाई सहज भएको हो । उपभोक्ताहरुको पैसा चोरी हुने सम्मभावना हटेको तथा बोकेको पैसा अपुग भएर खरीद गरेको सामान फिर्ता गर्नु पर्ने समस्या नरहेको बताएका हुन । कुश्मा बजारका होटल लज , सुनचाँदी दोकान र केही कपडा तथा खाध्यान्न पसलहरुमा पर्स मेसीन सञ्चालनमा ल्याएर सेवा दिन लागेको बैंकका शाखा प्रबन्धक विजय चापापागाईले बताउनु भयो ।

शाखाले होटल बन्दना, गणपति सप्लार्यस, गोल्डेन होटल आराध्या, डिमाटमेन्टल स्र्टोस बाग्लुङ घडी रेडियो, स्वस्तीका आभुषण लगायतका व्यापारीक घरानाहरुमा गोक्यास लेस मेसिन सञ्चालनमा ल्याएको एनआईसी एशिया बैंक पर्वतका शाखा प्रमुख विजय चपागाईले बताए ।

उपभोक्तासँग भएको क्रेडिट कार्ड एटिम कार्डले सोझै समान खरीद गर्नसक्ने भएका हुन् । ४० करोड बराबर लगानी गरीसकेको बैंकले विषेश गरी पर्यटन व्यापार कृषि र उद्योगमा लगानी गरेको जनाएको छ । बैकले नेपाल भर १३ लाख उपभोक्ता भईसकेको बैंकले जनाएको हो । देशका स्थानीय तह सम्म सेवा विस्तार गर्न शाखा रहित बैंकको अबधारणा ल्याएको चापागाईले बताए ।