आजदेखी ‘ए’ डिभिजन लिग आठौँ चरणको खेल

481
views

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती युथ क्लब, दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाको दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै शुक्रबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबका बीच प्रतिष्पर्धा हुने छ । त्यसैगरी हल्चोकमा सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

शनिबार हुने दुई खेलमा च्यासल युथ क्लब र ब्रिग्रेड ब्वाइजका बीच प्रतिष्पर्धा रहेको छ । दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्र क्लबको सामना गर्नेछ ।